भाजपालाई रविले के–के उपहार बोकेर गएका थिए ?
nepalviews.com · Tue Jun 02 11:31:37 GMT 2026

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँचदिने भारत भ्रमणमा छन् । भारतीय सत्तारुढ पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणमा लामिछाने श्रीमती निकिता पौडेलसहित सोमबार दिल्ली उडेका थिए ।
मंगलबार लामिछानेले भाजपा अध्यक्ष नवीनसँग भेटवार्ता गरेका छन् । भेटवार्तापछि भाजपाले एक प्रेस रिलिज गर्दै सौहार्दपूर्ण छलफल भएको जनाएको छ । मोदीको नेतृत्वमा भारतले उल्लेख्य प्रगति गरेको र नेपालसँगको सम्बन्ध प्रगाढ भएको भाजपाले जनाएको छ । आजै लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम पनि तय भएको छ । नरेन्द्र मोदी क्याबिनेटको दोस्रो वरीयताका शाहसँगको भेट महत्त्वपूर्ण हुने रास्वपाको भनाइ छ ।
Read full story at source (nepalviews.com)