सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण सम्पन्न
nepalpress.com · Tue Jun 02 11:36:26 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा नवनिर्मित कर्णाली प्रदेश, रुकुम पश्चिम जिल्ला, सानीभेरी गाउँपालिका वडा नं. १, भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयकोे भवन (सुलभ पहुँचयुक्त शौचालय सहित) आज समुद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
वि.सं. २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको भवनको पुनर्निर्माण कार्य सम्पन्न गरी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रामेश्वर प्रसाद बस्यालज्यूले भवनको समुद्घाटन गरी विद्यालयका प्रधानाध्यापक हस बहादुर खड्काज्यूलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
Read full story at source (nepalpress.com)