सीमाबारे प्रधानमन्त्री बालेनलाई भारतको जवाफ– द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका हुँदैन
shilapatra.com · Tue Jun 02 11:40:00 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा समस्याबारे उनकै शब्दमा 'इंग्ल्यान्डसँग पनि कुरा गर्ने' बताएको बारे भारतले प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री शाहले आइतबार व्यक्त गरेको अभिव्यक्तिमा मंगलबार जवाफ फर्काउँदै भारतले द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका नहुने बताएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । पत्रकारहरूले नेपालका प्रधानमन्त्रीले सीमाबारे चीन र बेलायतसँग कुरा गरिरहेको बताएको विषयमा भारतको प्रतिक्रिया मागेका थिए ।
Read full story at source (shilapatra.com)