प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्तिको पुस्ट्याइँ नगरेसम्म संसद् चल्न दिँदैनौँ : एमाले
ratopati.com · Tue Jun 02 11:48:34 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी प्रतिनिधि सभामा दिएको अभिव्यक्तिको पुस्ट्याइँ नगरेसम्म संसद् बैठक चल्न नदिने बताएको छ। मंगलबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सांसद गुरु बरालले यस्तो बताएका हुन्।
प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो अभिव्यक्तिको पुस्ट्याइँ गर्नुपर्ने वा उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने उनले बताए। प्रधानमन्त्री शाहको प्रतीक्षामा बसेकै कारण संसद् बैठक बस्न ढिलाइ भएको उल्लेख गर्दै उनले सभामुख डोल प्रसाद अर्याललाई समेत जबरजस्ती संसद् बैठकको कारबाही अगाडि नबढाउन आग्रह गरे। बरालले पछिल्लो घटनाक्रमले स्वदेश मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको छवि प्रभावित भएको दाबी गरे।
Read full story at source (ratopati.com)