एनआईसी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
annapurnapost.com · Tue Jun 02 11:41:26 GMT 2026

एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका हुन्। जेठ १८ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो।
नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन्। अध्यक्ष अशोक कुमार अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन्।
Read full story at source (annapurnapost.com)