बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
ratopati.com · Tue Jun 02 12:50:35 GMT 2026

हेटाैँडा । बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेश सभाको मङ्गलबार बसेको बैठकले सरकारको नीति कार्यक्रम बहुमतले पारित गरेको हो।
प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईँले सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम निर्णयार्थ पेस गर्दछु भन्ने प्रस्ताव माथि प्रदेश सभाका बहुमत सदस्यहरूले हुन्छ भनेर पारित गरेका थिए । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद्मा पेस गरेको प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।
Read full story at source (ratopati.com)