नुवाकोटका ६ सेल्टरमा हजार बढी बाढीपीडित, राहत व्यवस्थापन गरिँदै
baahrakhari.com · Thu Aug 27 10:37:29 GMT 2026

काठमाडौं । नुवाकोटमा ६ वटा मुख्य सेल्टरमा एक हजारभन्दा बढी बाढी प्रभावितलाई आश्रयको व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख प्रशासकीय अधिकृत रुपेशप्रसाद नेपालका अनुसार, जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट मुख्य ६ स्थानमा राखेर राहतको व्यवस्था गरिएको हो ।
नेपालका अनुसार, त्यसबाहेक अन्य पीडितहरूलाई स्थानीय तहहरूले विभिन्न स्थानमा व्यवस्थापन गरेका छन् । वडा र पालिकाले व्यवस्थापन गरेका सेल्टरहरूको तथ्यांक जिल्ला विपद् व्यवस्थापन समितिमा आइसकेको छैन ।
Read full story at source (baahrakhari.com)