विजय र एरिका एनएनआईपीए वर्ष सर्वोत्कृष्ट खेलाडी [फोटोफिचर]
hamrakura.com · Sat Jan 04 00:00:00 GMT 2025
काठमाडौँ । उसुका विजय सिन्जाली र एरिका गुरुङ १९ औँ एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट शनिबार पुरस्कृत भएका छन् । पुरुषमा विजय र महिलामा एरिका पुरस्कृत भएका हुन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा तार्केश्वर नगरपालिकाको मनमैजु मन्दिर हातामा भएको कार्यक्रममा विजय र एरिकालाई जनही १ लाख नगदसहित ट्रफी प्रदान गरियो । प्रतिभाशाली खेलाडीको अवार्डबाट पुरुषमा तेक्वान्दोका अश्विन राउत र महिलामा कबड्डीकी मानमति विष्ट पुरस्कृत भए ।
Read full story at source (hamrakura.com)