कर्णाली बेलिब्रिज बनेपछि सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने
deshsanchar.com · Sat Jan 04 17:00:22 GMT 2025

सिमकोट – कर्णाली करिडोरको हुम्ला जिल्लामा पर्ने खार्पुनाथ गाउँपालिका– ५ को दोजाम कर्णाली नदीमाथि बेलिब्रिज निर्माणको जिम्मा नेपाली सेनालाई दिने सरकारले गरेको निर्णयले यसै आर्थिक वर्षमा सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिनेमा विश्वस्त भएका छन्। गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो बेलिब्रिज निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेअनुसार अब बेलिब्रिज निर्माणको बाटो खुलेको र चाँडै नेपाली सेनाले काम थाल्नुपर्ने हुम्लावासीले बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लिएको दोजाम कर्णाली नदीमाथिको बेलिब्रिज निर्माणको जिम्मा नेपाली सेनालाई दिने प्रस्तावलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गर्दै अब चाँडै दोजाम कर्णालीमाथि बेलिब्रिज निर्माण हुने बाटो खुलेको हो।
Read full story at source (deshsanchar.com)