त्रिशूली- ३ ‘बी’ मा फसेकाहरुको अवस्था अन्योल
ratopati.com · Sat Aug 29 10:56:56 GMT 2026

काठमाडौँ । त्रिशूली क्षेत्रमा विपद् आएको आज चौथो दिन भइसक्दा पनि त्रिशूली जलविद्युत आयोजना-३ ‘बी’ मा रहेका व्यक्तिहरूको वास्तविक अवस्थाबारे स्पष्ट र आधिकारिक जानकारी सार्वजनिक हुन सकेको छैन। चार दिनदेखि आफ्ना आफन्तको अवस्थाबारे जानकारीको प्रतीक्षामा रहेका परिवारहरू चिन्ता, पीडा र अन्योलमा छन्।
विपद्पछि त्रिशूली क्षेत्रका विभिन्न स्थानमा उद्धार तथा राहतका गतिविधि भइरहेका समाचारहरू सार्वजनिक भइरहेका छन् । प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन भएको तथा खोज तथा उद्धार भइरहेको विवरणहरू बाहिर आइरहेका छन्। तर, त्रिशूली जलविद्युत आयोजना ३ ‘बी’ मा रहेका व्यक्तिहरूको अवस्था र उद्धारबारे भने पर्याप्त तथा स्पष्ट जानकारी सार्वजनिक नहुँदा आफन्तमा चिन्ता थप बढेको छ।
Read full story at source (ratopati.com)