नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा
khabarhub.com · Sat Aug 29 10:55:59 GMT 2026

काठमाडौं – नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत सेवा सञ्चालनमा ल्याएको छ। यसबाट उक्त जलविद्युत् आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने भएको छ ।
टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी तथा झन्डै एक घण्टा दूरीसम्म मानव ढुवानीमार्फत टावर सम्म पुर्याइएको थियो । कम्पनीका प्राविधिकहरूले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएका हुन् ।
Read full story at source (khabarhub.com)