दाहाल र खनालबिच भेटवार्ता
barnanmedia.com · Sat Aug 29 10:55:25 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनाल बिच आज भेटवार्ता भएको छ । भेटवार्तामा देशको पछिल्लो विपद्लगायत अन्य समसामयिक राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा कुराकानी भएको छ । वरिष्ठ नेता खनालको डल्लुस्थित निवासमा सो भेटवार्ता भएको हो ।
कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ, प्रभावकारी कसरी बनाउने तथा ती दलहरूको बिचमा कसरी एकता गर्ने लगायतका विषयमा कुराकानी भएको वरिष्ठ नेता खनालले बताए । विभिन्न समूहमा छरिएर रहेका कम्युनिस्टहरू बिचमा कसरी एकता गर्ने र कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने विषयमा नै भेटघाट केन्द्रित रहेको उनले बताए ।
Read full story at source (barnanmedia.com)