युट्युबबाट हट्यो `मास्टर्नी´ गीत, प्रियंका र दुर्गेशले मागे माफी
himalpress.com · Sat Jul 18 00:25:58 GMT 2026

काठमाडौँ – विवादित बनेको ‘मास्टर्नी’ को प्रमोसनल गीत युट्युबबाट हटाइएको छ। गायक तथा सर्जक दुर्गेश थापाले चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको ‘मास्टर्नी’ गीतप्रति उठेका विवादपछि क्षमायाचना गर्दै गीतलाई आफ्ना सबै आधिकारिक प्लेटफर्मबाट हटाएको घोषणा गरेका हुन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै थापाले गीतप्रति दर्शक, श्रोता, शुभचिन्तक तथा गुरुजनले दिएको माया, साथ, समीक्षा, आलोचना र सुझावलाई खुलेर स्वीकार गरेको बताएका छन्। उनले उक्त गीतको उद्देश्य कुनै पनि पेसा, व्यक्तित्व वा कसैको सम्मान तथा भावनामा चोट पुर्याउने नभई चलचित्रको प्रचारप्रसारलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नु मात्र रहेको स्पष्ट पारेका छन्।
Read full story at source (himalpress.com)