नागढुङ्गा सुरुङमार्ग सञ्चालन तयारी
barnanmedia.com · Sat Jul 18 00:22:20 GMT 2026

बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको साउन ११ गते उद्घाटन हुने भएको छ । निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको सो सुरुङमार्गको उद्घाट्न साउन ११ गते गर्ने गरी तयारी भइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।
आयोजनाका निर्देशक सौजन्य नेपालले सुरुङमार्गको सम्पूर्ण निर्माण सम्पन्न भई उद्घाटन र सञ्चालन तयारी भइरहेको बताउनुभयो । उहाँले साउन ११ गते उद्घाटन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । उद्घाटन तयारी अन्तिम चरणमा पुगेको छ । उद्घाटन के कसरी गर्ने, कोबाट उद्घाटन गराउनेबारे अहिले मन्त्रालयमा छलफल भइरहेको छ । प्रधानमन्त्री वालेन्द्र शाहबाटै उद्घाटनको आवश्यक तयारी र छलफल भइरहेको सो आयोजनाले जनाएको छ ।
Read full story at source (barnanmedia.com)