अबका तीन/चार दिन देशका धेरै ठाउँमा मुसलधारे पानी पर्ने
lokaantar.com

गएराति र आज बिहान देशका धेरै ठाउँमा पानी परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोक, नुवाकोट, अर्घाखाँची र कञ्चनपुरमा ठूलो पानी परेको हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेको महाशाखाले जनाएको छ । यसैको प्रभावले आगामी तीन/चार दिनसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने छ ।
Read full story at source (lokaantar.com)