कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
onlinekhabar.com · Sat Jul 18 01:37:41 GMT 2026

२ साउन, सुदूरपश्चिम । कैलालीको गोदावरी नगरपालिका-१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए । सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो ।
सरकारले उनीहरूलाई जग्गाको लालपुर्जा पनि दियो, तर त्यसको श्रेस्ता कायम भएन । त्यसयता मालपोत कार्यालय धाउँदा–धाउँदा वर्षौं बिते, समस्या भने जहाँको त्यहीँ छ । ‘पुर्जा छ, तर श्रेस्ता छैन । त्यसैले आफ्नो जग्गा देखाएर कुनै काम गर्न पाएका छैनौं’, मुक्तकमैया फूलमति डगौरा थारु भन्छन्, ‘हाम्रो मात्रै होइन, यस्ता समस्या धेरै ठाउँमा छन् ।’
Read full story at source (onlinekhabar.com)