त्रिशूली–३ ‘बी’ उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन
nepalnews.com · Sat Aug 29 11:05:53 GMT 2026

काठमाडौं । बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ६ सदस्यीय चिनियाँ विज्ञ टोली उद्धार कार्यमा खटिएको हो। अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार अभियानलाई प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ टोलीलाई घटनास्थलमा परिचालन गरिएको कार्यालयले जनाएको छ।
Read full story at source (nepalnews.com)