विनाशकारी बाढी : बेपत्ताका आफन्त अस्पताल पुगेर नाम टिपाउन थाले
ratopati.com · Thu Aug 27 10:44:22 GMT 2026

काठमाडौँ । रसुवा बाढीमा सम्पर्कविहीन भएका आफन्तहरूले अस्पतालहरूमा नाम टिपाउन थालेका छन् । उनीहरूले राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा नाम टिपाउन थालेका हुन् ।
त्रिशूली हाइड्रो पावर ३ बी मा कार्यरत सिराहाका ४० वर्षीय श्यामसुन्दर शाह बुधवार बिहान ९ बजेदेखि सम्पर्कमा छैनन् । श्यामसुन्दरका साला पुरुषोत्तम शाह खोजीका लागि अस्पताल पुगेका थिए । उनले भने, मेरो भिनाजु २ वर्षदेखि हाइड्रोमा काम गर्नुहुन्थ्यो । भेटिनुहुन्छ कि भनेर अस्पताल आएको हुँ । दिदी घर रोइरहनुभएको छ ।’
Read full story at source (ratopati.com)