डडेल्धुराको खसरेमा जीप दुर्घटनाः २ को मृत्यु, तीन जना घाइते
rajdhanidaily.com · Sat Jul 18 02:07:49 GMT 2026
डडेल्धुरा । कैलाली–दार्चुला जोड्ने महाकाली राजमार्गको शहिद दशरथ चंद सडक खण्डअन्तरगत डडेल्धुरामा पर्ने अमरगढी नगरपालिका-७ खसरेखान नजिक जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।
शनिबार राति करिब २ बजेको समयमा सु प प्र ०१–००१ज १८५० नं. जीप अनियन्त्रित भई दुर्घटना हुदा दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका वडा नं. १ वस्ने वर्ष अन्दाजी ४५ का सुगन लोथ्याल र वर्ष अन्दाजी २८ की अनु लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुचना अधिकारी इन्सपेक्टर भाष्कर चन्दले जानकारी दिए ।
Read full story at source (rajdhanidaily.com)