कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार
nagariknews.nagariknetwork.com · Sat Jul 18 02:17:14 GMT 2026

कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा ६९.३४ मुद्दा फर्छ्यौट गरेको छ। अदालतले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मुद्दा फर्छ्यौटमा उल्लेखनीय सुधार गरेको तथ्याङ्कले देखाएको छ।
शुक्रबार सञ्चारकर्मीसितको अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालतका न्यायधीश राजेन्द्र भण्डारीले लक्ष्यको १०८ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको जानकारी दिए। उनले अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका ६८८ मुद्दा र नयाँ दर्ता भएका एक हजार ५२० मुद्दा गरी दुई हजार २०८ मुद्दा दर्ता रहेका थिए। यसमा एक हजार ४११ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य रहेकोमा एक हजार ५२४ वटा मुद्दा फर्छ्यौट भएको जानकारी दिए। '६९.३४ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ,' उनले भने, '६८४ मुद्दा फर्छ्यौट हुन बाँकी छ।'
Read full story at source (nagariknews.nagariknetwork.com)