पैसाको वर्षा र ऐतिहासिक फाइनलः विश्वकप २०२६ ले कसरी तोड्दैछ सबै रेकर्ड?
barnanmedia.com · Sat Jul 18 02:26:31 GMT 2026
फुटबलको महाकुम्भ २०२६ फिफा विश्वकप केवल खेलमा सीमित छैन, यसले पुरस्कार, व्यावसायिक आकर्षण र विश्वव्यापी लोकप्रियताका हिसाबले पनि नयाँ इतिहास रचिरहेको छ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणले विश्वकपका लगभग सबै पुराना कीर्तिमान तोड्ने दिशामा अघि बढेको छ।
यसपटक विश्वविजेता टोलीले ५० मिलियन अमेरिकी डलर (करिब साढे ७ अर्ब रुपैयाँ) पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले ३३ मिलियन डलर, तेस्रो टोलीले २९ मिलियन डलर र चौथो हुने टोलीले २७ मिलियन डलर हात पार्नेछ। प्रदर्शनका आधारमा मात्रै फिफाले ६५५ मिलियन डलर पुरस्कार वितरण गर्दैछ, जुन विश्वकप इतिहासकै सबैभन्दा ठूलो रकम हो।
Read full story at source (barnanmedia.com)