किभ नजिकै रुसी ड्रोन आक्रमणमा २७ जनाको मृत्यु
ratopati.com · Sat Aug 29 11:11:52 GMT 2026

एजेन्सी । युक्रेनको राजधानी किभनजिकै रुसी ड्रोन आक्रमणपछि एउटा गोदाममा विस्फोट हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।
किभ क्षेत्रका गभर्नर तिमुर तकाचेन्कोका अनुसार शुक्रबार राति बुछा जिल्लामा भएको आक्रमणमा थप ४२ जना घाइते भएका छन् । घटनास्थल आसपासबाट ३८० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
Read full story at source (ratopati.com)