विपद् प्रभावित क्षेत्रमा बैंकिङ सेवा सुचारु गर्न र राहतमा जुट्न राष्ट्र बैंकको निर्देशन
ratopati.com · Sat Aug 29 11:10:26 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रसुवा लगायतका प्राकृतिक विपद् प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवा अविलम्ब सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय बैंकले विपद्को समयमा सेवाग्राहीको सहजताका लागि यस्तो आग्रह गरेको हो ।
राष्ट्र बैंकले प्रभावित क्षेत्रमा सेवाको निरन्तरता सुनिश्चित गर्न विद्युतीय माध्यम लगायत अन्य वैकल्पिक स्थानबाट समेत सेवा स्वतःस्फूर्त रूपमा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक सहजीकरण गरिएको जनाएको छ । यसका साथै, प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्थापनाका कार्यमा आवश्यक वित्तीय स्रोतको परिचालन गर्न पनि केन्द्रीय बैंकले प्रोत्साहन गरेको छ ।
Read full story at source (ratopati.com)