आउने संसद् ‘सर्कस’ होला भन्ने चिन्ता छ : परियार
ekantipur.com · Fri Feb 06 17:24:43 GMT 2026

पोखरा — प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष परिषद् सदस्य सन्तोष परियारले वैचारिक स्पष्टता नभएका मानिसहरू संसद्मा पुगे आगामी संसद् ‘सर्कस’ बन्ने खतरा रहेको औंल्याएका छन् ।
पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलन एवं उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् राष्ट्र निर्माणको थलो हुनुपर्नेमा जोड दिए । ‘मलाई चिन्ता छ, संसद्मा विचारहरू नआउलान् र त्यो केवल एउटा सर्कस होला,’ उनले भने, ‘यो आउने संसद् नेपाली जनताको पक्षमा नहोला कि भन्ने मलाई डर छ । तर, लोकतान्त्रिक विधि–पद्धतिबाट ती मान्छेहरू नेपाली जनताले छाने भने पनि मैले स्वीकार्नु पर्छ, किनकि म लोकतन्त्रवादी हुँ । हार्नु पनि लोकतन्त्र हो, लोकतन्त्र बचाउनु हो भनेर पार्टीभित्र बहस गर्ने मान्छे म हुँ ।’
Read full story at source (ekantipur.com)