नेपाल टेलिकमको हराएको वा बिग्रेको सिम अब अनलाइनबाटै आवेदन दिन सकिने
nepalnews.com · Sat Jul 18 04:04:30 GMT 2026

काठमाडौं । नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई–सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ । नेपाल टेलिकमले आज (२०८३ साउन १) देखि यो सेवाको शुभारम्भ गरेको छ।
यसरी हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ फिजिकल वा ई–सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.npलगइन गरी त्यहाँ रहेको Apply for lost/Damaged Sim मा क्लिक गरे पश्चात दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ ।
Read full story at source (nepalnews.com)