महाकाली नदीमा फसेका युवकको उद्धार
shilapatra.com · Sat Jul 18 04:12:00 GMT 2026

कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।
सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले दोधारा–चाँदनी झोलुङ्गे पुलभन्दा करिब दुई किलोमिटर दक्षिण महाकाली नदीको बीच भागमा फसेका काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका– ६ का ५२ वर्षीय उमेश चौलागाईंलाई सकुशल उद्धार गरिएको जानकारी दिए ।
Read full story at source (shilapatra.com)