कञ्चनपुरमा दुई भारतीय प्रहरी नियन्त्रणमा
ratopati.com · Sat Aug 29 11:22:52 GMT 2026

धनगढी । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीसँग समन्वय तथा पूर्व जानकारी बिना नेपाली भूमिमा प्रवेश गरी एक नेपाली नागरिकलाई पक्राउ गर्न खोजेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
शनिबार बिहान कर्नाटकबाट नेपाल आएका भारतीय प्रहरीका एक असईसहित दुई जनालाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Read full story at source (ratopati.com)