आज काठमाडौंसहित २४ जिल्लामा आकस्मिक बाढीको जोखिम
kendrabindu.com · Sat Jul 18 04:31:55 GMT 2026

काठमाडौं । आज (शनिबार) पनि देशका विभिन्न जिल्लामा बाढीले जोखिम निम्त्याउने सम्भावना देखिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँसहित २४ जिल्ला र यस आसपासका खोला-नदीमा बाढी उर्लिने सम्भावना देखिएको हो।
सूचनामा भनिएको छ, ‘आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’
Read full story at source (kendrabindu.com)