पहिरोले घ्याम्पेसाल–देउराली–ताकु सडक भासियो
barnanmedia.com · Sat Jul 18 04:50:34 GMT 2026

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको घ्याम्पेसाल–देउराली–ताकु सडकखण्डअन्तर्गत पन्द्रुङ कुनामा ठुलो पहिरो जाँदा सडक चिराचिरा परेर भासिएको छ। लगातारको वर्षासँगै सडकमा देखिएको समस्या पहिरोमा परिणत भएपछि आवतजावतमा समस्या भएको हो।
उक्त स्थानमा लामो समयदेखि सडक भासिने र चिरा पर्ने समस्या देखिँदै आएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताउनुभयो। “सडकमा जोखिम बढ्दै गएपछि गाउँपालिकाले पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएको थियो। तर समयमै संरक्षणको काम अघि नबढ्दा अहिले ठुलो क्षति बेहोर्नुपरेको छ,” उहाँले भन्नुभयो।
Read full story at source (barnanmedia.com)