चैत १५ गतेदेखि जिरी मेनिया-२०२५ हुँदै
ekagaj.com · Fri Mar 21 07:03:12 GMT 2025

काठमाडौँ- काठमाण्डू लिजेंड्सले चैत्र १५ देखि १७ गतेसम्म जिरी मेनिया-२०२५ नामको बृहत कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालको स्विजरल्याण्ड भनेर परिचित प्राकृतिक रुपमा अत्यन्तै मनोरम जिरी नगरमा कार्यक्रम गर्न लागेको हो ।
'नेपालका विभिन्न जिल्लाहरू, मित्र राष्ट्र भारतका विभिन्न प्रान्तहरू, दक्षिण अफ्रिका, अमेरिका, फ्रान्स आदि देशहरूबाट रोयल एनफिल्ड मोटरसाइकलमा सवार भएर आउने २०० बढी पर्यटकहरू सम्मिलित हुने यस कार्यक्रममा सहभागीहरूलाई जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ, जिरी होटेल व्यवसायी संघ लगायत अन्य स्थानीय सरोकारवालाहरूले स्वागत गर्नेछन्' जारी विज्ञप्तिमा लेखिएको छ 'कार्यक्रम अवधिमा सहभागीहरू जिरी क्षेत्रका रमणीय पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछन भने स्थानीय सांस्कृतिक कार्यक्रमहरू, लाइभ ब्याण्ड र डिजे मार्फत चलनचल्तीका प्रख्यात गीत संगीतहरूको मरोरंजन लिने , स्थानीय परिकारहरूको स्वाद लिने, कोशेली स्वरुप स्थानीय उत्पादनहरू खरिद गर्नेछन् ।'
Read full story at source (ekagaj.com)