बनिनसक्दै भासियो मध्यपहाडीको ग्याबिन वाल
onlinekhabar.com · Wed Jun 03 00:38:20 GMT 2026

२० जेठ, खोटाङ । खोटाङमा मध्यपहाडी लोकमार्गको ग्याविन वाल बनिनसक्दै भासिएको छ । मध्यपहाडीको दिक्तेल–खचेवा खण्ड अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पास्थित माम्खामा हालिएको ग्याविन पर्खाल बनिनसक्दै भासिएको हो । ‘हाइवे इम्प्रोभमेन्ट वर्कस’ अन्तरगत सडक डिभिजन हर्कपुरमार्फत हालिएको ग्याविन वाल जेठ १५ गतेदेखि भासिन थालेको हो ।
निर्माण कम्पनी दोभान निर्माण सेवा धनकुटाले ग्याबिन वालको काम अन्तिम चरणमा पुर्याएको थियो तर काम पूर्णरुपमा सकिनु अगावै पर्खालको बीचको भाग भासिएको हो । तारजाली भर्दै सडकसम्म अग्लो पर्खाल निकालिसकिएको थियो । तर, त्यसमाथि फिलिङ गरेर सम्याउने काम सक्नु अगावै पर्खाल भासिएको हो ।
Read full story at source (onlinekhabar.com)