डढेलो र बाढीले अमेरिकामा संकट, ट्रम्पले क्यानडालाई दिए ट्यारिफको चेतावनी
kalakarmi.com · Sat Jul 18 06:08:55 GMT 2026

वासिङ्टन डीसी- अमेरिकाका १५ राज्य अहिले एकैसाथ डढेलो, धुवाँ र बाढीको दोहोरो-तेहेरो संकटसँग जुधिरहेका छन् । पूर्वी क्षेत्रको ग्रेट लेक्सदेखि राजधानी वासिङ्टन डीसीसम्म बाक्लो धुवाँ फैलिएको छ भने दक्षिणी राज्यहरूमा बाढी र पश्चिमी क्षेत्रमा भीषण डढेलोले जनजीवन अस्तव्यस्त बनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रवार मात्रै अमेरिकाभर ६८ स्थानमा नयाँ डढेलो लागेको पुष्टि भएको छ। धुवाँका कारण लाखौं नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम बढेपछि स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।
Read full story at source (kalakarmi.com)