मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
ratopati.com · Sat Jul 18 06:11:55 GMT 2026

रौतहट । चन्द्रपुरकाे नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् ।
जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौँबाट धरानतर्फ जाँदै गरेका बा.प्र.०३–००१ ख ५२८४ नम्बरको यात्रुवाहक बस र बा.प्र.०३–००१ ख ३६६० नम्बरको यात्रुवाहक बसलाई ठक्कर दिएको थियो । ठक्करपछि बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस सडकमा पल्टिएको थियो।
Read full story at source (ratopati.com)