फिल्म ‘हली’को नयाँ गीत सार्वजनिक
ratopati.com · Sat Jul 18 06:16:44 GMT 2026

काठमाडौँ । यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ को मार्मिक गीत ‘कहाँबाट ल्याउँ बाबा पिडा भुल्ने मुटु’ सार्वजनिक गरिएको छ। गीतको शब्द फिल्मका अभिनेता प्रदीप दिपले लेखेका हुन् भने सङ्गीत अभि सुनारको छ। गीतलाई चर्चित गायिका अस्मिता अधिकारीले गाएकी छन् ।
पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेको यो फिल्म पछिल्लो समय चर्चामा छ । प्रचार–प्रसारमा उतिकै तीव्रता पाइरहेको यस फिल्मलाई हिट निर्देशक ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन्।
Read full story at source (ratopati.com)