राजविराज जेलमा मट्टीतेल खन्याएर आत्मदाह प्रयास, जेलरविरुद्ध कैदीबन्दीको आन्दोलन
kalakarmi.com · Sat Jul 18 06:23:33 GMT 2026

राजविराज- सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेल प्रशासनविरुद्ध कैदीबन्दीहरूले थालेको आन्दोलनले उग्र रूप लिएको छ । जेलर रूपक मण्डलको सरुवा र घटनाको निष्पक्ष छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका कैदीबन्दीमध्ये केहीले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेपछि कारागार परिसर केहीबेर तनावग्रस्त बनेको हो।
जानकारीअनुसार राजविराज नगरपालिका–६ स्थित जिल्ला कारागारमा चौकीदार नियुक्तिका नाममा आर्थिक अनियमितता भएको आरोप लगाउँदै कैदीबन्दीहरू तीन दिनदेखि आन्दोलनमा छन् । उनीहरूले जेलर मण्डलको तत्काल सरुवा, कथित आर्थिक चलखेलको छानबिन तथा दोषीमाथि कारबाहीको माग गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी कारागारभित्र प्रवेश गर्ने प्रयास गरेपछि कैदीबन्दी र सुरक्षाकर्मीबीच तनाव बढेको बताइएको छ ।
Read full story at source (kalakarmi.com)