रूसमा भएको युक्रेनी आक्रमणमा सातको मृत्यु, २४ जना घाइते
barnanmedia.com · Sat Jul 18 06:37:28 GMT 2026

पश्चिमी रूसमा भएकोे युक्रेनी ड्रोन आक्रमणमा सात जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको क्षेत्रीय गभर्नर एभगेनी पेरभिशोभले शनिबार बताउनुभएको छ । पछिल्लो समयमा मस्कोको चार वर्ष भन्दा लामो आफ्नो क्षेत्र विरुद्धको आक्रमणको उचित प्रतिशोधको रुपमा युक्रेनले रूसका धेरै लक्ष्यमा प्रहार गर्दै आएको जनाइएको छ ।
युक्रेनले “वाइल्डबेरीको लजिस्टिक सेन्टर”मा प्रहार गर्दा रातिको शिफ्टमा काम गरिरहेका सात जना कर्मचारीको मृत्यु भएको टाम्बोभ क्षेत्रका गभर्नर एभगेनी पेरभिशोभले बताउनुभएको हो । प्रारम्भिक जानकारी अनुसार कोटोभस्क सहरमा भएको आक्रमणमा २४ जना घाइते भएको उहाँले उल्लेख गर्नु भएको छ ।
Read full story at source (barnanmedia.com)