काठमाडौँ र दिल्लीतिर सुनिएका गड्याङगुडुङका आवाज त्यति प्रिय छैनन् : पूर्वप्रधानमन्त्री भट्टराई
ratopati.com · Wed Jun 03 01:34:56 GMT 2026

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले यतिवेला काठमाडौँ र दिल्ली दुवैतिर सुनिएका गड्याङगुडुङका आवाज त्यति प्रिय नरहेको जिकिर गरेका छन् । रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
उनी थप लेख्छन्– 'अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुबै पक्षले मनमनै गुनगुनाइरहने र सधैँ दुःख दिइरहने गम्भीर पाटो पनि छ। त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बौल्दैनौ ँ तर खाष्टोमुनि मुड्की बजारीरहन्छौ१ त्यो हो सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको कुरो ! त्यसको पनि गाँठी कुरा हो-भारतीयहरूको दिलदिमागमा अङ्ग्रेजको पालादेखि जमेर बसेको 'सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो' भन्ने सोच! सीमा विवाद त्यसैको अभिव्यक्ति हो। अनि अर्कोतिर हामी नेपालीहरूमा गहिरोसँग गढेर बसेको राष्ट्रिय सार्वभौमसत्ताको विषयमा सधैँ झस्काइरहने 'सिक्किमीकरण'को खतराको त्रास! यही जरो कारणले नेपाल-भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको सिसिफसको कथा दोहोर्याउन अभिशप्त भइरहेछ!'
Read full story at source (ratopati.com)