कर्णाली सरकारको नीति तथा कार्यक्रम आज आउँदै
nagariknews.nagariknetwork.com · Wed Jun 03 01:31:54 GMT 2026

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज (बुधबार) दिउँसो ३ः०० बजे प्रस्तुत गर्ने भएको छ।
कर्णाली प्रदेश सरकारको मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले आव २०८३/८४ को नीति तथा कार्यक्रम कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीबाट प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको थियो। प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले यसबारे जानकारी दिएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)