नेपालको विनाशकारी बाढीका कारण यूएईमा तय भएको तीज विशेष कार्यक्रम स्थगित
ratopati.com · Sat Aug 29 11:37:06 GMT 2026

काठमाडौं । नेपालमा आएको विनाशकारी कारण नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले सेप्टेम्बर १३ मा आयोजना गर्ने तय भएको तीज विशेष कार्यक्रम स्थगित गरेको छ ।
नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले विज्ञप्ति जारी गर्दै मातृभूमिमा बाढीपहिरो र प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको तथा धेरै नेपाली प्रभावित भएर पीडामा रहेको अवस्थामा विदेशमा बसेर उत्सव तथा मनोरञ्जनका कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने ठहर गर्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको जनाएको हो ।
Read full story at source (ratopati.com)