रसुवा बाढीपछि बढ्दै अन्तर्राष्ट्रिय सहयोगहरु, कुन देशले के दिने गरे घोषणा ?
kendrabindu.com · Sat Aug 29 11:35:25 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपालले सामना गरिरहेको मानवीय संकटमा अन्तर्राष्ट्रिय समुदायले सहयोगको हात बढाएको छ । बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै उद्धार, उपचार, खाद्यान्न, सुरक्षित खानेपानी र अस्थायी आश्रयको तत्काल आवश्यकता बढेपछि छिमेकी मुलुकसहित विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्राकृतिक विपद्का कारण मुलुक अप्ठ्यारो परिस्थितिमा पुगेका बेला प्राप्त अन्तर्राष्ट्रिय सहयोग मुख्यतः आपत्कालीन उद्धार तथा खोजी, स्वास्थ्य तथा मेडिकल सहायता र आर्थिक तथा मानवीय राहत गरी तीन क्षेत्रमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअन्तर्गत भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, बंगलादेश, श्रीलंका, क्यानडा, पाकिस्तान, अष्ट्रेलिया र टर्कीसहितका देशले नेपाललाई विभिन्न स्वरूपमा सहयोगको प्रतिबद्धता जनाएका छन्।
Read full story at source (kendrabindu.com)