दलित पत्रकार सङ्घको अध्यक्षमा बराइली
ratopati.com · Wed Jun 03 01:50:54 GMT 2026

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा रेडियो धनकुटाका व्यवस्थापक गोपाल बराइली निर्वाचित भएका छन् ।
मङ्गलबार सम्पन्न सङ्घको दोस्रो महाधिवेशनबाट उनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा गोरखापत्रका लक्ष्मण दर्नाल, खुला उपाध्यक्षमा विनोद परियार (रेडियो जागरण), महिला उपाध्यक्षमा सावित्री रसाइली (नेपाल टेलिभिजन), कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली (रेडियो नेपाल), मधेस प्रदेशबाट भोला पासवान (अवलोकृत डटकम) र बागमती प्रदेशबाट सुशील दर्नाल (रासस) निर्वाचित भएका छन् ।
Read full story at source (ratopati.com)