इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी
barnanmedia.com · Sat Jul 18 07:01:19 GMT 2026

इरानले अमेरिकी आक्रमणको प्रत्युत्तर स्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा प्रहार गरेको दाबी गरेको छ । इरानी सरकारी टेलिभिजनले शनिबार प्रसारण गरेको सैन्य विज्ञप्तिमा यस्तो उल्लेख गरिएको हो ।
विज्ञप्तिअनुसार कुवेतको अलअदिरी शिविरस्थित गोलाबारुद भण्डारण केन्द्र, अली अलसलेम सैन्य आधारका मुख्यालय भवन, गोलाबारुद डिपो तथा सञ्चार पूर्वाधारलाई निशाना बनाइएको दाबी गरिएको छ । त्यसैगरी, जोर्डनको अलअज्राक सैन्य आधारमा रहेका इन्धन भण्डारण ट्याङ्कीलाई पनि आक्रमण गरिएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ ।
Read full story at source (barnanmedia.com)