वीरगन्ज भन्सारबाट गत आवमा २ खर्ब ४३ अर्ब ८२ करोड राजस्व, लक्ष्यको ८९.१९ प्रतिशत मात्र असुल
aarthiknews.com

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो भन्सार नाका वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा २ खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो कार्यालयलाई दिइएको वार्षिक लक्ष्यको ८९.१९ प्रतिशत हो।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षका लागि २ खर्ब ७३ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो। तर लक्ष्यभन्दा करिब २९ अर्ब ५५ करोड रुपैयाँ कम राजस्व सङ्कलन भएको छ।
Read full story at source (aarthiknews.com)