लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार
ekagaj.com · Fri Mar 21 08:46:29 GMT 2025

काठमाडौँ- सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कृत भएको छ । फेयर एक्सप्रेस मासिक पत्रिकाले आयोजना गरेको फेयर एक्सप्रेस इन्टरनेशनल एजुकेशन अवार्ड २०२५ मा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले यो अवार्ड जितेको हो। कुल ४० विधामा उत्कृष्टता हासिल गर्ने शिक्षण संस्थाहरू र शिक्षा क्षेत्रका योगदानदाताहरूमध्ये लर्ड बुद्ध एजुकेशन फाउण्डेशन पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा उत्कृष्ट घोषित भएको हो। कार्यक्रममा लर्ड बुद्धसँगै शिक्षा क्षेत्रका अन्य विभिन्न व्यक्तित्व र संस्थाहरू पनि पुरस्कृत भएका थिए ।
कार्यक्रममा शिक्षा क्षेत्रका ६ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मान प्राप्त गर्नेमा भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थी, शिक्षा सेवी इ. डा. मिथिलेश कुमार झा, एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष राजेन्द्र बराल, शिक्षाकर्मी डा. देवकान्त जोशी, शिक्षा पत्रकार समाजका पूर्व अध्यक्ष प्रकाश सिलवाल तथा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो।
Read full story at source (ekagaj.com)