मझुवागढीको हरित अभियान ‘म वातावरणको संरक्षण गर्छु’
nagariknews.nagariknetwork.com · Wed Jun 03 01:50:08 GMT 2026

खोटाङकाे दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘म वातावरणको संरक्षण गर्छु’ अभियान सञ्चालन गर्ने भएको छ। वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन, जलवायु परिवर्तनका चुनौतीहरूको सामना तथा स्वच्छ र हरित भविष्य निर्माणका लागि नगरपालिकाले अभियान सञ्चाल गर्ने भएको हो।
बढ्दो प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, फोहरमैला व्यवस्थापनको समस्या तथा प्राकृतिक स्रोतहरूको अन्धधुन्ध दोहनले वातावरणीय सङ्कट गहिरिँदै गएकाले संरक्षण गर्न अभियान सञ्चालन गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए। “स्वच्छ वाहा, सफा पानी, उर्वर भूमि र जैविक विविधताबिना मानव अस्तित्वको सम्भावना छैन। वातावरण मानव जीवनको आधार हो”, उनले भने, “अभियानले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न, वातावरण संरक्षणमा नागरिकको सहभागिता बढाउन र भावी पुस्ताप्रति हाम्रो जिम्मेवारीलाई आत्मसाथ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। ‘म वातावरणको संरक्षण गर्छु’ अभियान अन्तर्राष्ट्रिय वातावरण दिवसबाट औपचारिक रूपमा सुरुवात हुन्छ।”
Read full story at source (nagariknews.nagariknetwork.com)