बाढीपीडितका लागि ईयूद्वारा २० लाख युरो सहयोग
himalpress.com · Sat Aug 29 11:41:39 GMT 2026

काठमाडौँ- युरोपेली संघ (ईयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ।
इयूले विज्ञप्ति जारी गरी आपत्कालीन अवस्थामा सहायतास्वरुप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइलगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो। इयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन थालिसकेका छन्।
Read full story at source (himalpress.com)