एन्ड्रोइडको नयाँ अपडेटः स्क्याम कल पत्ता लगाउनेदेखि आईफोनमा सिधै फोटो र भिडिओ पठाउनेसम्मका फिचर
techpana.com · Wed Jun 03 02:26:19 GMT 2026

काठमाडौँ । गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि सुरक्षा र कनेक्टिभिटीमा केन्द्रित नयाँ फिचरहरू सार्वजनिक गरेको छ । यस अपडेटमा मुख्यतया बढ्दो फोन स्क्याम (ठगी) विरुद्ध लड्न फेक कल डिटेक्सन र एप्पलको एयरड्रपसँगको अनुकूलतालाई थप एन्ड्रोइड उपकरणहरूमा विस्तार गरिएको छ ।
एन्ड्रोइडको यो नयाँ सुरक्षा सुविधाले तपाईँको कन्ट्याक्ट लिस्टमा भएका व्यक्तिको नाममा आउने नक्कली कलहरूलाई पहिचान गर्छ । उदाहरणका लागि यदि कसैले तपाईँको परिवारको सदस्यको आवाज क्लोन गरेर वा नम्बर स्पुफ गरेर फोन गर्यो भने सिस्टमले त्यसलाई शङ्कास्पद मान्नेछ । यस्तो अवस्थामा फोनको स्क्रिनमा 'यो तपाईँको कन्ट्याक्टमा भएको व्यक्ति नहुन सक्छ' भन्ने चेतावनीपूर्ण नोटिफिकेसन देखिनेछ ।
Read full story at source (techpana.com)