निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन नुवाकोट पठायो
baahrakhari.com · Sat Aug 29 11:43:31 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि ४० हजार ८४० लिटर हवाई इन्धन नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा पठाएको छ ।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले खोज तथा उद्धारका लागि गत भदौ १० गतेदेखि नियमित रुपमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा उपलब्ध गराउँदै आएको बताएको हो । हेलिकप्टरका लागि हवाई इन्धन रिफिलिङको काम नुवाकोटस्थित सेनाको ब्यारेकबाट हुँदै आएको छ ।
Read full story at source (baahrakhari.com)