रबि दाई १४ महिना जेल, बिष्णु पौडेल किन यति छिट्टै रिहा? - ज्वाला संग्रौला
barnanmedia.com · Sat Jul 18 07:52:24 GMT 2026

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेतृ ज्वाला सङ्ग्रौलाले कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उहाँले देशको न्याय प्रणाली र कानुनी व्यवहारमा ठुलो असमानता देखिएको गम्भीर आरोप लगाउनुभएको हो।
सांसद सङ्ग्रौलाले आफ्ना पार्टी सभापति रवि लामिछाने र एमाले नेता विष्णु पौडेलको मुद्दाको प्रकृति र बिगोलाई तुलना गर्दै सामाजिक सञ्जालमा प्रश्न उठाउनुभएको छ। उहाँले ४ करोड रुपैयाँ बिगो मागदाबी गरिएको मुद्दामा रवि लामिछानेले सोही बराबरको भारी धरौटी बुझाउँदा पनि १४ महिनासम्म जेल जीवन बिताउनुपरेको सन्दर्भ उल्लेख गर्नुभएको छ। अर्कातर्फ, २० करोड ७७ लाख रुपैयाँ जस्तो ठुलो बिगो जोडिएको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा तानिएका एमाले उपाध्यक्ष पौडेल भने निकै छोटो समय मात्र हिरासतमा बसेर साधारण तारेखमा रिहा हुनु न्यायोचित नभएको उहाँको तर्क छ।
Read full story at source (barnanmedia.com)