मधेश विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार, चालु शैक्षिकसत्रदेखि सञ्चालन हुने
shilapatra.com · Sat Jul 18 08:33:00 GMT 2026

मधेश विश्वविद्यालयले चालु शैक्षिकसत्रदेखि थप तीन वटा शैक्षिक कार्यक्रम विस्तार गर्न लागेको छ । हाल स्नातकोत्तर तहमा जनप्रशासन (एमपीए), कानुन संकायतर्फ स्नातक (बीए एलएलबी) र जनप्रशासन संकायतर्फ स्नातकमा जनव्यवस्थापन (बीपीएम) कक्षा सञ्चालन गर्दै आएको पर्साको वीरगञ्जस्थित मधेश विश्व विद्यालयले चालु शैक्षिक सत्रमा थप तीन वटा शैक्षिक कार्यक्रम विस्तार गर्न लागेको हो ।
मधेश विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवका अनुसार विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८३ देखि स्नातकोत्तर तहको मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रसन (एमबीए) तथा स्नातक तहको ब्याचलर अफ ल (एलएलबी) र ब्याचलर अफ बिजनेस एडमिनिष्ट्रिसन (बीबीए) को पठनपाठन सुरु गर्न लागेको छ ।
Read full story at source (shilapatra.com)